Toggle Menu

समाचार

APF News
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन:

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम असोज २१ गते सम्पन्न भएको छ ।

दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री दाहालको सम्मानमा प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुकासाथै उहाँ समक्ष ईज्जत अर्पण कवाजसमेत प्रदर्शन गरेका थिए ।

सम्माननीय प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरेलाई खुकुरी प्रदान गर्नुकासाथै कवाज, शारीरिक सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गर्नुभयो ।

उहाँले राष्ट्रप्रेमी जनताको सुरक्षामा महत्वपूर्ण इतिहास बोकेको पवित्र संगठनमा आवद्ध भई अधिकृत तहको कठिनपूर्ण तालिम समापन गरेकोमा प्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै राज्यले सुम्पेको जिम्मेवारीलाई उच्च व्यावसायिकतासाथ अनुशासित र इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो।

सम्माननीय प्रधानमन्त्री दाहालले राष्ट्रको सार्वभौमिकता रक्षार्थ प्रतिकूल मौसम, भौगोलिक विकटता तथा सिमित स्रोतसाधनको बावजुद पनि सशस्त्र प्रहरीले गरेको उच्चस्तरको कार्यसम्पादनको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, महामारी नियन्त्रण र न्यूनिकरण, राजश्व गस्ती एवं भन्सार सुरक्षाको साथै राष्ट्रिय सुरक्षाको मूलभुत पक्षहरुमा संगठनले गहन भूमिका निर्वाह गरिरहेको बताउनुुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालले सम्पादन गर्दै आएको जिम्मेवारीलाई थप विशिष्टीकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिबृद्धि, साधनश्रोतको उपलब्धता, सुदृढ संगठन प्रणाली र व्यवस्थापन महत्वूपर्ण पक्ष भएको बताउनुहुँदै संगठनलाई आधुनीकरण र व्यवसायिक सुरक्षा निकायका रुपमा थप विकसित गर्ने कार्यमा नेपाल सरकार सदैव सकारात्मक रहेको बताउनुभयो ।

उहाँले तालिम समापन पश्चात दीक्षित भई कार्यक्षेत्रमा जान लाग्नुभएका अधिकृतहरुप्रति राज्यले ठूलो आशा र भरोसा राखेको हुँदा जिम्मेवारीका क्षेत्रहरुमा परिचालित हुँदा कुनै प्रकारको डरत्रास, लोभ तथा प्रलोभन र गैह्र व्यावसायिक क्रियाकलापमा नपरी तालिममा सिकेको सैद्धान्तिक एवं व्यवहारिक ज्ञानलाई जनताको सेवा तथा सुरक्षामा इमान्दारितापूर्वक लागु गर्न निर्देशन समेत दिनुभयो ।

समारोहमा माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै विभिन्न आरोह अवरोहलाई पार गर्दै कार्यक्षेत्रमा आईपरेका सुरक्षा चुनौतीहरुलाई परास्त गर्दै राज्य र जनचाहना अनुरुपको सेवा र सुरक्षामा दर्विलो सुरक्षा निकायको रुपमा आफूलाई परिचित गराउँदै आएको बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपाललाई सीमा सुरक्षार्थ डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्ड सहितको थप बोर्डर आउट पोष्टहरु (बिओपी)को स्थापना तथा मौजुदा रहेका बिओपीहरुको समेत स्तरबृद्धि र प्रविधिमैत्री बनाउँदै लगिने बताउनुहुँदै माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले भन्नुभयो–‘दिर्घकालिन महत्वको उपलब्धीका लागि गृहमन्त्रालयमा आएका योजना तथा समस्याहरुलाई समाधान गर्न आवश्यकताको पहिचान गरी प्राथमिकताकासाथ अगाडी बढाउन मन्त्रालयको सदैव सकारात्मक र रचनात्मक भूमिका रहनेछ ।’

उहाँले सुरक्षा कार्य अत्यन्तै संवेदनशिल र गहन विषय भएको हुँदा बढ्दै गएको नविनतम सुरक्षा चुनौतीहरुसँगै सुरक्षा फौजको कामकारवाहीहरुमा समेत इन्फरर्मेसन र मोविलिटीको तालमेल हुनुपर्ने कुरालाई मध्यनजर राख्दै प्रशिक्षण कार्यलाई समयानुकल थप आधुनिकीकरण र बैज्ञानिक ढंगले अगाडी बढाउँदै लैजानु पर्ने बताउनुभयो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्राप्त भएको निर्देशन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु मार्फत कर्तव्यनिष्ठ भई अक्षरश पालना गरिने बताउनुहुँदै प्रधानमन्त्रीज्यूको गरिमामय समुपस्थिति तथा निर्देशनले सम्पूर्ण सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला र मनोवल उच्च भएको बताउनुभयो ।

उहाँले देश र जनताको सेवा, सुरक्षामा कटिवद्ध भई लाग्ने अभिप्रायले संगठनमा प्रवेश गरी दीक्षित भई कार्यक्षेत्रमा जान लाग्नुभएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुँदै तालिममा हासिल गरेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानलाई पेशागत जीवनमा अक्षरस पालना गरी कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो ।

महानिरीक्षक अर्यालले राज्यप्रदत्त विविध जिम्मेवारीका क्षेत्रहरु विशेषतः सीमा सुरक्षा, देशको आन्तरिक सुरक्षा तथा राजश्व संकलन र विपद्व्य वस्थापनमा महत्वपूर्ण भूमिका लगायत विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, औद्योगिक र रेलवे सुरक्षामा समेत उत्कृष्ट ढंगले कार्यसम्पादन गर्दै आईरहेको उल्लेख गर्नुभयो ।

समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले दीक्षान्त समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।

करीव ५६ हप्ता अवधिको उक्त आधारभूत तालिम ५ जना महिलासहित कुल ४९ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् । तालिममा कवाजतर्फ सशस्त्र प्रहरी निरीक्षक ज्ञानचन्द्र पराजुली, शारिरीक सहिष्णुतातर्फ सशस्त्र प्रहरी निरीक्षक पुष्कर बहादुर बम र चाँदमारीतर्फ सशस्त्र प्रहरी निरीक्षक एजन खड्का उत्कृष्ट भएका छन् ।

दीक्षान्त समारोहमा नेपाली सेनाका रथी, निमित्त प्रहरी प्रमुख, निमित्त मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, चन्द्रागिरी नगरपालिकाका प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुकासाथै सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

2080-6-21
APF News
सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा (Post graduate diploma in security and disaster management studies (PGDSDMS)) कोर्ष संचालन भएको छ ।

सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा (Post graduate diploma in security and disaster management   studies (PGDSDMS)) कोर्ष संचालन भएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालन हुने सो कोर्षको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असोज 18 गते उद्घाटन गर्नु भयो । प्रवेश परीक्षा उतिर्ण भई कोर्षमा सहभागी हुन सफल अधिकृतहरुलाई उहाँले सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । महानिरीक्षक अर्यालले संगठनको अवधारणा अनुसार विशेषत सीमा सुरक्षा देशको आन्तरीक सुरक्षा तथा राजश्व संकलन र विपद् व्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।

उहाँ संगठनको लक्ष्य प्राप्तिमा आबद् जनशक्तिले कार्यक्षेत्रमा प्रदर्शन गरेका हरेक क्रियाकलपमा निर्भर रहने हुदा यस प्रकारका शैक्षिक तथा पेशागत शिक्षाले अधिकृतहरुको व्यक्तित्व विकास गर्नुको साथै योग्य कमाण्डर निर्माणमा अहम भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्मको विशेष अतिथि त्रिभुवन विश्वविघालय मानविकि तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा.कुशुम शाक्यले सशस्त्र प्रहरी बल नेपालले त्रिभुवन विश्वविघालय मानविकी तथा सामाजिकशास्त्र  संकायमा सुरक्षा,बिकास र शान्ति अध्ययनमा स्नातकोत्तर (डिग्री)

कोर्ष संचालन गरिरहेकोमा नयाँ शैक्षिक कोर्ष सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिकस्नातक डिप्लोमा (PGDSDMS) को थालनि सरहानिय रहेको बताउनुभयो । उहाँले यस किसिमको पेशागत तथा शैक्षिक कोर्षले सीमा सुरक्षा तथा विपद् व्यवस्थापन लगायत विद्यमान सुरक्षा चुनौतिहरुको सामना र परास्त गर्न दक्ष जनशक्ति उत्पादनमा अहम भुमिका निर्वाह गर्ने उल्लेख गर्नुहुदै कोर्ष समापन पश्चात प्रशिक्षार्थीहरुलाई एपिएफ कमाण्ड तथा स्टाफ कोर्षमा सहभागी हुन समेत सहयोग पुग्ने बताउनुभयो ।

गुल्मपति तथा स्टाफ तालिमको पाठयक्रम समेत समावेश गरी दुई सेमेष्टरमा संचालन हुने सो कोर्ष मा 35 सशस्त्र प्रहरी निरीक्षक हरु प्रशिक्षार्थी रुपमा सहभागी रहेका छन ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल,चन्द्रप्रकाश गौतम र वंशिराज दाहाल लगायत त्रिभुवन विश्व विद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सहायक डिन प्रोपेसर डा.तारा भुषाल, त्रिभुवन विश्व विद्यालय प्रध्यापक, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी ,सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरु समेत उपस्थिती रहेको थियो ।

 

2080-6-18
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को असोज १६ गते उद्घारटन गर्नुभएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को असोज १६ गते उद्घारटन गर्नुभएको छ ।


महानिरीक्षक अर्यालले तालिम संचालनको लागि सहयोग पुर्या उनुहुने संयुक्त राष्ट्र संघको सचिवालय लगायत सम्बन्धित संघसंस्था र निकायहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले तालिमलाई उदाहरणीय रुपमा संचालन गरी स्तरीय
ढंगले अगाडी बढाउने विश्वास व्यक्त  गर्नुभयो ।


United Nations Police Division and Integrated Training Service  र The US Department of State Bureau of International Narcotics and Law Enforcement Affairs (INL)  को सहकार्यमा सो तालिम संचालन गरिएको हो ।  यही October 19 तारिखसम्म संचालन हुने उक्त तालिममा बंगलादेश, भुटान, फ्रान्स, भारत, मंगोलिया, नेपाल र श्रीलंका गरी ७ देशका १८ जना प्रशिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको छ ।
        

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्ग, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत साथै विल्लादार तथा जवानहरुको
समेत उपस्थिती रहेको थियो ।


 

2080-6-16
APF News
प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभूत तालिमको दीक्षान्त समारोह

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा संचालित सि.सं. २५ प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभूत तालिम भाद्र २६ गते समापन भएको छ ।

समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूले तालिममा सर्वप्रथम, शारिरीक सहिष्णुता र चाँदमारीमा सर्वोत्कृष्ट हुनु भएका प्राविधिक सशस्त्र प्रहरी निरीक्षक गोपाल कडेल खत्रीलाई खुकुरी प्रदान गर्नु भयो ।

महानिरीक्षक अर्यालले तालिम सफलतापुर्वक सम्पन्न गरी कार्यक्षेत्र जान लाग्नु भएका अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुदै स्थापना कालदेखि हाल सम्म संगठनमा आवद्ध सशस्त्र प्रहरी कर्मचारीहरुले देश र जनाताको सेवा र सुरक्षामा बगाएको पसिनाले हामी सबैको शिर उच्च रहेको बताउनु भयो ।

महानिरीक्षक अर्यालले संगठनको स्वास्थ्य क्षेत्रलाई बिस्तृत, बृहत एवं सबैको पहुँचमा पुर्‍याउन अभियानकासाथ अघि बढि रहेको बताउनु हुदै केन्द्रिय अस्पताललाई  समयानुकुल स्तरोन्नती गरिदै लगिएको तथा केही फिल्ड अस्पताल र ट्रमा सेन्टर संचालनमा रहेको र यसलाई सबै प्रदेश तथा क्षेत्रमा बिस्तार गरिदै लैजाने योजना रहेको बताउने भयो ।

विश्‍व कोरोनाबाट महामारीबाट आक्रान्त भईरहेको समयमा नेपाल ए.पि.एफ.अस्पतालका चिकित्सक लगायत सम्पुर्ण स्वास्थ्यकर्मीले ज्यानको प्रभाव नगरी संक्रमित नागरिकहरुलाई पुर्‍याएको योगदानको सर्वत्र प्रशंसा भएको बनाउनु हुदै महानिरीक्षक अर्यालले भन्नुभयो प्रशंसा पाउन जति परिश्रम गर्नु पर्छ, त्यसलाई जोगाएर राख्न त्यो भन्दा बढी प्ररिश्रम गर्नु पर्छ, यो कुरा ख्याल राख्न जरुरी छ ।

उहाँले आफ्नो सन्ततीका लागि धेरै अवसर र गन्तब्यहरु हुदाहुदै पनि त्यसलाई थाँती राख्दै राष्ट्र सेवाका अविरल यात्रामा समर्पित गर्ने निर्णयमा पुग्नुहुने सम्पुर्ण अभिभावकहरु प्रति हार्दिक आभार प्रकट व्यक्त गर्नु भयो ।

16 हप्ता अवधिको तालिम स्वास्थ्य सेवा तर्फका प्राविधिक सशस्त्र प्रहरी निरीक्षक १६ जना र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक ३७ जना गरी जम्मा ५३ जनाले सफलतापुर्वक सम्पन्न गरेका छन ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, सशस्त्र प्रहरी बरिष्ठ अधिकृत, देशका बिभिन्न ठाउँबाट आउनु भएका अभिभावकहरु, सिनियर तथा जुनियर अधिकृतहरुको साथै बिल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो  
2080-5-26
APF News
सशस्त्र प्रहरी सहायक निरीक्षक यूनिट आधारभूत तालिम संचालन

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा साउन 3 गते देखि सशस्त्र प्रहरी सहायक निरीक्षक यूनिट आधारभूत तालिम संचालन भएको छ ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले सोहि प्रतिष्ठानमा आयोजित एक समारोहका बिच पानसमा द्धिप प्रज्वलन गरी उक्त तालिमको उद्‍घाटन गर्नु भएको हो ।

त्यस अवसरमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तिउसीनाले भर्खरै सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न गरी कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकहरुलाई कार्यक्षेत्रमा खटिदा अत्यन्त आवश्यक आधारभूत ज्ञान तथा कार्यालयमा बिभिन्न जिम्मेवारीमा रही कार्य सम्पादन गर्दा आईपर्ने बिविध समस्या तथा चुनौतिहरुको बारेमा प्रशिक्षण प्रदान गर्ने उद्देश्यले संचालित सो तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्ने तर्फ क्रियासिल रहन प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।

उहाँले तालिमले फौजी अनुशासन र सामुहिक भावनाका बिकास गर्ने चर्चा गर्नु हुदै यस्ता बिबिध प्रकृतिका फौजी तालिमबाट प्राप्त ब्यवसायिक ज्ञानले कार्यक्षेत्रमा खटिई जिम्मेवारी निर्वाह गर्ने क्रममा बिशेष सहयोग पुग्ने उल्लेख गर्नु हुदै संगठनको लक्ष प्राप्तीमा समेत महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

3 हप्ता अवधिको उक्त तालिममा 120 जना सशस्त्र प्रहरी सहायक निरीक्षकहरु सहभागी रहेका छन । तालिममा  सशस्त्र प्रहरी बल, नेपालको सेवा सम्बन्धी, हुल तथा दंगा व्यवस्थापन, कार्यालय व्यवस्थापन, सीमा सुरक्षा,  बन्दोबस्ती, कम्प्यूटर, सिग्नल तथा सूचना प्रविधि, मानव अधिकार लगायतका बिषयहरुमा प्रशिक्षार्थीहरुलाई प्रभावकारी रुपमा सैद्धान्तिक तथा ब्यवहारिक प्रशिक्षण प्रदान गरिने छ ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक मनोज थापा लगायत सिनियर अधिकृतहरु, जुनियर अधिकृतहरु तथा बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो । 
2080-4-3
APF News
सशस्त्र प्रहरी सहायक निरीक्षक यूनिट आधारभूत तालिम समापन

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा साउन २६ गते सशस्त्र प्रहरी सहायक निरीक्षक यूनिट आधारभूत तालिम समापन भएको छ ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले सोहि प्रतिष्ठानमा आयोजित एक समारोहका बिच उक्त तालिमको अन्तिम प्रवचन गर्नु भएको हो ।

त्यस अवसरमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तिउसीनाले सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न गरी कार्यक्षेत्रमा खटिई जान लागेका जुनियर अधिकृतहरुलाई कार्यक्षेत्रमा खटिदा अत्यन्त आवश्यक आधारभूत ज्ञान तथा कार्यालयमा बिभिन्न जिम्मेवारीमा रही कार्य सम्पादन गर्दा आईपर्ने बिविध बिषयहरु बारेमा यथेष्ट ज्ञान दिने उद्देश्यले संगठनले यस तालिम आयोजना गरेको उल्लेख गर्नु हुँदै तालिमबाट प्राप्त सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान कार्यक्षेत्रमा खटिदा अधिकतम उपयोग गरी उत्कृष्ट कार्य सम्पादनमा जुट्‍ने बिश्‍वास ब्यक्त गर्नु भयो ।

उहाँले संगठनको मेरुदण्डको रुपमा रहेका जुनियर अधिकृत दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा खटिई प्रदर्शन गरेका दक्षता, ब्यवसायिकताले संगठनको लक्ष्य प्राप्तीमा समेत महत्वपूर्ण भुमिका खेल्ने हुनाले उच्च अनुशासनमा रहेर निरन्तर अध्ययनसील रहदै दर्जागत रुपमा प्राप्त हुने जिम्मेवारीहरु निर्वाह गर्दा उच्च ब्यवसायिकताका साथ सम्पादनमा क्रियासील रहन कार्यक्षेत्रमा खटिई जान लागेका अधिकृतहरुलाई निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक मनोज थापा लगायत सिनियर अधिकृतहरु, जुनियर अधिकृतहरु तथा बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो । 

३ हप्ता अवधिको उक्त तालिममा १२० जना सशस्त्र प्रहरी सहायक निरीक्षकहरु सहभागी रहेका थिए । 
2080-4-26
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट विशिष्ट ब्यक्ति सुरक्षा तालिमको उद्‍घाटन

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा सिनियर अधिकृतहरुको लागि सि.सं. २ विशिष्ट ब्यक्ति सुरक्षा (सिनियर अधिकृत) तालिम संचालन भएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले साउन २१ गते सोही प्रशिष्ठानमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो ।

त्यस अवसरमा उहाँले विशिष्ट ब्यक्तिको सुरक्षा संवेदनशील र महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्नुहुदै यस किसिमको जिम्मेवारीलाई त्रुटिरहित दंगबाट सम्पादन गर्न मेहनत र लगनशीलताका साथ तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्न प्रशिक्षार्थीहरुले आफुलाई केन्द्रित गर्नुपर्ने बताउनु भयो ।
2080-4-22
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक खत्रीबाट सि.सं. ३१ गुल्मपति तथा स्टाफ कोर्ष तालिमको प्रथम प्रवचन
        राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सि.सं. ३१ गुल्मपति तथा स्टाफ कोर्ष  संचालन भएको छ ।
       
प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नावय महानिरीक्षक अभि कुमार खत्रीले चैत्र २९ गते प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच पानसमा दीप प्रज्वलन गरी उक्त तालिमको समुदघाटन गर्नुभयो । सशस्त्र प्रहरी नावय महानिरीक्षक खत्रीले निर्देशन सम्बोधनको क्रममा तालिमको महत्वमाथि प्रकाश पार्नु हुदै मध्यम तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई आवश्यक लिडरसिप क्षमता अभिबृद्धी गर्ने उद्देश्यले यस्ता ब्यवसायिक तालिमहरु निरन्तर संचालन गर्दै आई रहेको उल्लेख गर्नु हुदै तालिम समापन पश्चात प्रशिक्षार्थीहरुले  स्टाफ अधिकृतको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्न सक्ने बताउनु भयो । उहाँले यस्ता ब्यवसायिक तालिमबाट प्राप्त ब्यवशायिक ज्ञान  र सिपले कार्यक्षेत्रमा कार्य सम्पादनको क्रममा बिशेष सहयोग पुर्‍याउने बताउनु भयो ।१२ हप्ता अवधीको गुल्मपति तथा स्टाफ तालिममा स्टाफ ड्‍युटिज, अप्रेसन अफ वार,  सुरक्षा, माईनर ट्याक्टिस, ईन्टेलिजेन्स, कमाण्ड, म्यानेजमेन्ट,  काउण्टर ईन्सरजेन्सी, सशस्त्र प्रहरी बल प्याकेज, अपराध नियन्त्रण तथा प्रारम्भिक अपराध अनुसन्धान, बिभिन्न ऐन नियम लगाएतका बिबिध  बिषयहरुमा सैद्धान्तिक तथा ब्यवहारिक प्रशिक्षण गराईने जानकारी गराईएको थियो । तालिममा 33 जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन । कार्यक्रममा तालिमका प्रशिक्षक प्रशिक्षार्थीहरु लगायत प्रशिक्षण प्रतिष्ठानका सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । 
2080-3-8
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट सि.सं. २४ प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभुत तालिमको दिक्षान्त
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित
सि.सं. २४ प्राविधिक सशस्त्र प्रहरी अधिकृत तथा अन्य दर्जा आधारभुत तालिम
सम्पन्न भएको छ ।
       
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असार ३ गते सोही प्रतिष्ठानमा
आयोजित तालिमको दिक्षान्त समारोहमा उक्त तालिममा सर्वप्रथम भएका
प्रशिक्षार्थी प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. एलिसा
महर्जनलाई सर्वोत्कृष्ट पुरस्कार स्वरुप खुकुरी प्रदान गर्नुका साथै
चाँदमारी र सहिष्णुतातर्फ उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई पुरस्कार
तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
       
दिक्षान्त समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु
अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई राज्यले प्रदान गरेका राज्यप्रदत्त
कार्यादेशलाई कुशलतापूर्वक बहन गर्न संगठनले आफ्नो मौजूदा जनशक्तिलाई
विशिष्टिकृत सेवा अनुरूप परिचालन गर्दै आइरहेको तथा पैदली फौज र
प्राविधिक जनशक्ति आफैंमा एक अर्काका परिपुरक रहेको बताउनुहँदै तालिम
सफलतापूर्वक सम्पन्न गरी दिक्षित हुनुभएका प्राविधिक अधिकृतहरुलाई
हार्दिक बधाइ तथा कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
       
उहाँले संगठनको स्वास्थ्य क्षेत्रलाई विस्तृत, बृहत एवं सबैको पहुँचमा
पुर्याउन एउटा अभियानका साथ लागि रहेको र विशेषज्ञलाई सिधै माथिल्लो
दर्जामा भर्ना लिने कार्यको शुरुवात भएको उल्लेख गर्नुहुँदै विशिष्ट
क्षमता, विशेषज्ञता र ज्ञानले भविष्यमा सशस्त्र प्रहरी बल नेपालको
स्वास्थ्य तथा सेवाको क्षेत्रमा थप विकास  र संगठनकै मान प्रतिष्ठा बढाउन
कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
       
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले काठमाण्डौंको बलम्बुस्थित
केन्द्रिय अस्पताललाई समयानुकूल स्तरोन्नति गर्नुका साथै कोशी, मधेश,
लुम्बिनी प्रदेशमा फिल्ड अस्पताल र चितवनको कुरिनटारमा ट्रमा सेन्टर
सञ्चालनमा रहेको र बाँकी प्रदेशमा फिल्ड अस्पतालहरु स्थापना गरिने
बताउनुभयो ।
       
कार्यक्रममा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव
महानिरीक्षक अभि कुमार खत्रीले प्रशिक्षार्थी अधिकृतहरुलाई सपथ ग्रहण
गराउनु भएको थियो ।
         
१६ हप्ता अवधिको उक्त तालिममा ५ जना प्राविधिक सशस्त्र प्रहरी नायव
उपरीक्षक, ३ जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक र १ जना प्राविधिक
सशस्त्र प्रहरी नायव निरीक्षक गरी कुल ९ जना प्रशिक्षार्थी अधिकृतहरुले
सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् ।
       
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र
बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु एवं
अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
2080-3-8
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट गुल्मपति तथा स्टाफ तालिम समापन

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन भएको सि.सं. ३१ गुल्मपति तथा स्टाफ तालिम समापन भएको छ ।  प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असार २६ गते तालिम समापन गर्नुकासाथै सर्वोत्कृष्ट सशस्त्र प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेललाई पुरस्कार तथा सफलतापूर्वक तालिम सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।  उहाँले संगठनको व्यावसायिक छवी त्यहाँ कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको कार्यदक्षताले निश्चित गर्ने तथा त्यो क्षमता तालिमले निर्धारण गर्ने बताउनुहुँदै प्रशिक्षणको दौरानमा सिकेका कुराहरुलाई कार्यक्षेत्रमा लगनशिल, अनुशासित र कर्तव्यनिष्ठ भई संगठनप्रति निष्ठावान भएर लाग्नुपर्ने बताउनुभयो ।  महानिरीक्षक अर्यालले सफलतापूर्वक तालिम समापन गरी सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा खटिई जान लागेका अधिकृतहरुलाई कहिकतै पनि संगठनको अहित हुने काममा नलागि आफू मातहतका कर्मचारीहरुलाई समेत असल कामको लागि सदैव अभिप्रेरित गरी अगाडी बढ्न निर्देशन दिनुभयो ।  हामीले गरेका हरेक क्रियाकलापहरुको जनता र राज्यले मुल्यांङ्कन गर्ने भएको हुँदा जस्तोसुकै अवस्थामा समेत आफूले गरेको कामप्रति थप ईमान्दार र जवाफदेहि भई लाग्नुपर्ने बताउनुहुँदै महानिरीक्षक अर्यालले भन्नुभयो–‘समग्र संगठनको हित के मा छ भन्ने कुरा मनन् गरी आफू पनि त्यहि अनुरुप प्रस्तुत हुँदै मातहतका कर्मचारीहरुमा पनि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ, कार्यक्षेत्रमा असिमित चुनौतीहरु छन्, ती चुनौतीहरुलाई जुध्ने शक्ति र सामथ्र्य विकास गराउनको लागि नै यस्ता तालिमहरु संचालन भएका हुन्छन् ।’  उहाँले कार्यक्षेत्रमा खटिदा व्यक्तिगत स्वार्थ, आग्रह, पूर्वाग्रहलाई थाँती राखी आफ्नो कमाण्डर र नेतृत्वसँग हातेमालो गर्दै संगठनको विकासमा एउटै लक्ष्यकासाथ अघि बढ्नुपर्ने बताउनुहुँदै संगठनमा कार्यरत कर्मचारीहरुलाई करले होईन रहरले जनताको सेवामा जुट्ने अवस्था सिर्जना गरी हरेक जनताप्रति फरक ढंगले जिम्मेवारी बोध गराउनु पर्ने उल्लेख गर्नुभयो ।   उहाँले प्रविधिसँगै बदलिदै गएका नविन चुनौतीहरुलाई परास्त गर्न प्राप्त श्रोतसाधनको अलवा Information र Mobility को तालमेल हुनुपर्ने कुरालाई मध्यनजर राखि प्रशिक्षण कार्यलाई समयानुकुल थप आधुनिक र बैज्ञानिक बनाउँदै लैजान प्रशिक्षण प्रतिष्ठान तथा तालिम संचालन गर्ने सम्पूर्ण युनिटहरुलाई सोही अवसरमा निर्देशन दिनुभयो ।  महानिरीक्षक अर्यालले राज्य र संगठनले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै संगठनलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने कार्यमा खटिई रहेका प्रशिक्षण प्रतिष्ठान तथा मातहत तालिम शिक्षालयहरु, विभिन्न विषय विज्ञ महानुभाव तथा प्रशिक्षक वर्गहरुलाई धन्यवाद दिनुकासाथै आगामी दिनहरुमा समेत अझबढि सिर्जनशिल र सक्रियताकासाथ लागि रहने विश्वास व्यक्त गर्नुभयो । १२ हप्ता अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३३ जना सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो  ।  कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत, सिनियर अधिकृत, जुनियर अधिकृत, बिल्लादार तथा
जवानहरुको समेत उपस्थिती रहेको थियो ।

2080-3-28
APF News
सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह समापन
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा राष्ट्रिय
सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ र हुल तथा दंगा
व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित सि.सं. १५ (क) र (ख)
सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह असार १३
गते प्रशिक्षण प्रतिष्ठानमा संयुक्त रुपमा समापन भएको छ ।
समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको
सम्मानमा दिक्षान्त कवाजका प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक
निरीक्षकहरुद्वारा सलामी अर्पण गर्नुकासाथै उहाँ समक्ष ईज्जत अर्पण कवाज
समेत प्रदर्शन गरिएको थियो ।
महानिरीक्षक अर्यालले उक्त तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र
प्रहरी सहायक निरीक्षक किरण सिंजाली र नवराज शाहीलाई खुकुरी प्रदान
गर्नुकासाथै क्रमशः कवाज, सहिष्णुता र चाँदमारीतर्फ उत्कृष्ट
प्रशिक्षार्थीहरुलाई समेत पुरस्कार प्रदान गर्नुभयो ।
दिक्षान्त समारोहलाई सम्बोधन गर्नहुँदै महानिरीक्षक अर्यालले तालिम
सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी
सहायक निरीक्षकहरुलाई हार्दिक बधाई दिनुहुँदै तालिममा सिकाइएका ज्ञान,
कला र कौशललाई कार्यक्षेत्रमा खटिदा ईमान्दार, कर्तव्यनिष्ठ र लगनशिल भई
लाग्नुपर्ने बताउनुभयो ।
देश र नागरिकको सेवा र सुरक्षामा आफूलाई समर्पित गर्छु भनि सपथ लिएर
जनसेवामा जुट्ने अवसर सबैमा नहुने बताउनुहुँदै महानिरीक्षक अर्यालले
भन्नुभयो–‘तपाई र तपाईका आफन्तले गरेको गौरवले त्यसवेला सार्थकता पाउँछ,
जब तपाईले राज्य र नागरिकको सेवामा परिचालित रहँदा उत्कृष्ट कार्य
सम्पादनको दृष्टान्त प्रस्तुत गर्नुहुन्छ, अनि तपाईहरुले बगाएको पसिनाले
त्यतिवेला सार्थक पाउछ, जतिबेला तपाईहरुले भिन्नाभिन्नै भूगोलमा बसेर
नेपाली नागरिकहरुमा सुरक्षाको प्रत्याभूति दिई आपद् विपद् परेको समयमा
भरोषा दिलाउन सक्नुहुन्छ ।’
उहाँले राज्यप्रदत्त जिम्मेवारीका साथ नागरिकको सेवा र सुरक्षाामा
परिचालित रहन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै
मानवअधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण परिपालना गरी
सामाजिक र पदियआचरण विपरित गतिविधिहरुमा नलागी आफूलाई एउटा अब्बल
अधिकृतको रुपमा परिचित गराउनेतर्फ लाग्नुपर्ने समेत बताउनुभयो ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई स्थापना कालदेखि
यहाँसम्म आईपुग्न संगठनमा हिजो र आजका दिनहरुमा सकल दर्जाका सशस्त्र
प्रहरी कर्मचारीहरुको त्याग, तपस्या र बलिदानको अनुकरणीय भूमिका रहेको
स्मरण गर्नुहुँदै नयाँ जोश र उर्जाका साथ दिक्षीत भई कार्यक्षेत्रमा खटिई
जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको आगमनसँगै संगठनले अझ बढि
उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास लिएको बताउनुभयो ।
महानिरीक्षक अर्यालले उचित शिक्षा, दिक्षा र संस्कार दिई आफ्नो जीवनको
सहाराका रुपमा रहेका सन्ततीहरुलाई अन्य धेरै अवसर र गन्तव्यलाई थाती राखी
राष्ट्रसेवामा समर्पित रहन प्रेणित गर्नुहुने सम्पूर्ण
अभिभावकज्यूहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै तालिमको दौरानमा
अहोरात्र खटिने प्रशिक्षकवर्ग एवं प्रतिष्ठान तथा शिक्षालय परिवारलाई
बिशेष धन्यवाद दिनुभयो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक
अभिकुमार खत्रीले धन्यवाद ज्ञापनको क्रममा साधारण नगारिकबाट फौजी जीवनमा
प्रवेश गराउन आधारभूत तालिम अपरिहार्य रहेको बताउनुहुँदै
प्रशिक्षार्थीहरुलाई तालिममा सिकाईएका सैद्धान्तिक एवं व्यवहारिक
अभ्यासबाट योग्य, सक्षम र इमान्दार अधिकृत उत्पादन गर्नमा टेवा पुग्ने
बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपालमा नयाँ नियुक्त भई कार्यक्षेत्रमा
परिचालित हुनु अगाडी दर्जा अनुसारको काम, कर्तव्य र अधिकार त्रुटिरहित
ढंगबाट सम्पादन गर्न तालिम अपरिहार्य रहेको बताउनुभयो ।


४६ हप्ता अवधिको उक्त आधारभूत तालिम १५ जना महिलासहित कुल १२० जना
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।
दिक्षान्त समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष
श्रीमती अनिता लामिछाने अर्याल, अवकाश प्राप्त सशस्त्र प्रहरी
महानिरीक्षकहरु, चन्द्रागिरी नगरपालिकाका प्रमुख तथा उपप्रमुख, सशस्त्र
प्रहरी अतिरिक्त महानिरीक्षहरु लगायत सशस्त्र प्रहरी परिवार महिला संघका
पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाल प्रहरी तथा सशस्त्र
प्रहरी बल नेपालका सिनियर अधिकृत, देशका विभिन्न स्थानबाट आउनु भएका
अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।
2080-3-13
APF News
कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीद्धारा "प्रशिक्षक प्रशिक्षण (राष्ट्रिय अनुसन्धान) तालिम" को समापन

काठमाण्डौं, १३ श्रावण ।सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुका लागि संचालित " प्रशिक्षक प्रशिक्षण (राष्ट्रिय अनुसन्धान) तालिम" को एक कार्यक्रमका बिच समापन गर्नु भयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले त्यस अवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थी सहायक सूचक भिम बहादुर खड्कालाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नु भयो । समापनको अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले तालिम संयोजकको भूमिकाका लागि उप-अनुसन्धान अधिकृत निर्देशक विकास पाण्डे लगायत तालिममा खटिएका सम्पूर्ण प्रशिक्षक वर्गलाई धन्यवाद दिदै यस तालिमले प्रशिक्षार्थीहरुमा अनुशासन¸ शारिरीक तथा मानसिक क्षमता एंव पेशागत ज्ञान अभिबृद्धि भएको बताउनु भयो ।साथै सोहि अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले यस्ता प्रकारका तालिमले सशस्त्र प्रहरी बल¸ नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग विच नीतिगत तह तथा कार्यगत तहमा समन्वय र सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने  एंव विशेष ज्ञान¸ सीप विषेशज्ञता आदान-प्रदान भई सांगठनिक सद्भाभावमा समेत अभिबृद्धि हुने उल्लेख गर्नुभयो।

   सोहि कार्यक्रमको अवसरमा राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डेले सशस्त्र प्रहरी बल¸ नेपालले स्थापनाको छोटो समयमा संगठन सुदृढिकरणका लागि उदाहरणिय कार्य गरेको सम्वन्धमा प्रकास पार्दै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुलाई  सशस्त्र प्रहरी बल¸ नेपालले लामो समय देखि प्रशिक्षण प्रदान गरी क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुर्याएको तथा भविष्यमा समेत यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो । सोहि अवसरमा उप-अनुसन्धान निर्देशक विकास पाण्डेले राष्ट्रिय अनुसन्धान विभागको तर्फबाट कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीलाई मायाको चिनो तथा तालिममा खटिएका प्रशिक्षक वर्गहरुलाई प्रशंसा पत्र समेत प्रदान गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका बरिष्ठ अधिकृत लगायत अन्य अधिकृत तथा जुनियर अधिकृत एंव विल्लादार जवानको समेत उपरस्थिति रहेको थियो ।

 

 

2079-4-17
APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट प्रशिक्षण प्रतिष्ठानमा संचालित ‘स्पेसलाईज्ड ट्रेनिङ्ग मेटेरियल्स फर यूएन पुलिस’ प्रशिक्षक प्रशिक्षण तालिम समापन

काठमाण्डौ, 06 श्रावण, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौंमा संचालित First Asian United Nations Training of Trainers Course for the New Specialized Training Materials for UN Police (UNPOL STM 2021) प्रशिक्षक प्रशिक्षण तालिमको साउन ६ गते सोही प्रतिष्ठानमा आयोजित एक समारोहका बीच समापन गर्नुभयो ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले The Integrated Training Service (ITS) of the Department of Peace Operations (DPO) / The US Department of State Bureau of International Narcotics and Law Enforcement Affairs (INL) को सहकार्यमा प्रशिक्षण प्रतिष्ठानले तालिम संचालन गरी सफलतापूर्वक सम्पन्न गराएकोमा सशस्त्र प्रहरी बल नेपालको छबि उच्च राख्न महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।उहाँले यस्ता तालिमले संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ मिसनको लागि जाने अधिकारीहरुको तैनाथी पूर्व तालिम प्रदान गरी क्षमता अभिबृद्धि गर्न थप मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले तालिमको दौरानमा सहभागी सदस्य राष्ट्रका प्रशिक्षार्थीहरु बीच उत्साहजनक छलफल र एक आपसमा ज्ञानको आदान–प्रदान भएको र यसले संयुक्त राष्ट्रसंघको म्याण्डेटमा रहेर द्वन्द्वग्रष्त मुलुकमा शान्ति सुरक्षा बहाली गर्न तथा मानव सेवा कार्यमा खटिईने अधिकारीहरुलाई थप टेवा पुग्ने समेत उल्लेख गर्नुभयो ।

दश दिनसम्म संचालन भएको उक्त प्रशिक्षक प्रशिक्षण तालिममा नेपाल, अष्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, किर्गिज गणतन्त्र, मलेसिया,

मंगोलिया, श्रीलंका र टर्की गरी ९ देशका कुल २४ जना प्रहरी अधिकृतहरु सहभागी रहेका थिए ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले तालिममा सहभागी प्रशिक्षार्थी अधिकृतहरुलाई प्रमाण-पत्र वितरण गर्नुभएको तथा यूएस एम्बेसीका विशेष अतिथि म्यानुयल पी. मिकलर जुनियरले उक्त तालिम संचालनको व्यवस्थापन तथा समन्वयमा उत्कृष्ट कार्यसम्पादन गर्नुभएका यस प्रतिष्ठानका कार्यकारी निर्देशक कालीदास धौवजी लगायत अन्य सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम, अष्ट्रेलियन एम्बेसीका प्रतिनिधि पावल म्याकअर्न, प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ्ग, सशस्त्र प्रहरी नायवमहानिरीक्षकहरु बंशीराज दाहाल र प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी, The Integrated Training Service (ITS) का प्रशिक्षकहरु लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

2079-4-15
APF News
संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालद्धारा
काठमाण्डौं, ०९ असाढ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजित "प्रथम समादेशक कार्यशाला -२०७९" तथा प्रतिष्ठानमा संचालित "सि.सं. ४ ईन्टेलिजेन्स (सिनियर अधिकृत) तालिम"  को एक कार्यक्रमका बिच समापन गर्नु भयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले त्यस अवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नु भयो । समापनको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले फौजमा अनुशासनको महत्व बारे प्रकाश पार्नु हुदै तालिमले नै फौजलाई अनुशासनमा बाँधिन मुख्य भुमिका खेल्ने बताउनु भयो ।आजको सुरक्षा चुनौतिमा सशस्त्र प्रहरी बल, नेपालले आफ्नो कार्य सम्पादनलाई उत्कृष्ट तथा प्रभावकारी बनाउन खबर संकलन प्रक्रियालाई अझ मजबुत बनाउने कार्यमा यस तालिमले योगदान दिने चर्चा गर्नु हुदै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले ईन्टेलिजेन्स तालिम सि.सं. ४ का प्रशिक्षार्थीहरुलाई संगठनले प्रदान गर्ने कार्य जिम्मेवारीमा अझ दत्तचित्त भएर लाग्न निर्देशन दिनु भयो ।  साथै सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रतिष्ठानमा आयोजित समादेशक कार्यशाला सशस्त्र प्रहरी बल, नेपालको तालिमको गुणस्तर तथा तालिमको लागि आवश्यक श्रोत साधनको गुणस्तर सुधारको लागि एक सकारात्मक कदम भएको उल्लेख गर्नु हुदै तालिमलाई समय सापेक्ष तथा प्रभावकारी बनाउन प्रतिष्ठानमा मिति २०७९/०३/०७ र ०८ दुई दिन संचालित समादेशक कार्यशाला - २०७९ बाट यथोचित सल्लाह, सुझाव तथा प्रतिवेदन आउने आशा ब्यक्त गर्नु हुदै राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानबाट कार्यशाला आयोजना गर्न निर्वाह गरेको अग्रसरता तथा भुमिका प्रति धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक लगायत सशस्त्र प्रहरी बल, नेपाल उपत्यका स्थित बरिष्ठ अधिकृत तथा तालिम शिक्षालयका समादेशकहरुको उपस्थिति रहेको थियो । 
2079-3-9