राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा साउन 3 गते देखि सशस्त्र प्रहरी सहायक निरीक्षक यूनिट आधारभूत तालिम संचालन भएको छ ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले सोहि प्रतिष्ठानमा आयोजित एक समारोहका बिच पानसमा द्धिप प्रज्वलन गरी उक्त तालिमको उद्‍घाटन गर्नु भएको हो ।

त्यस अवसरमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तिउसीनाले भर्खरै सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न गरी कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकहरुलाई कार्यक्षेत्रमा खटिदा अत्यन्त आवश्यक आधारभूत ज्ञान तथा कार्यालयमा बिभिन्न जिम्मेवारीमा रही कार्य सम्पादन गर्दा आईपर्ने बिविध समस्या तथा चुनौतिहरुको बारेमा प्रशिक्षण प्रदान गर्ने उद्देश्यले संचालित सो तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्ने तर्फ क्रियासिल रहन प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।

उहाँले तालिमले फौजी अनुशासन र सामुहिक भावनाका बिकास गर्ने चर्चा गर्नु हुदै यस्ता बिबिध प्रकृतिका फौजी तालिमबाट प्राप्त ब्यवसायिक ज्ञानले कार्यक्षेत्रमा खटिई जिम्मेवारी निर्वाह गर्ने क्रममा बिशेष सहयोग पुग्ने उल्लेख गर्नु हुदै संगठनको लक्ष प्राप्तीमा समेत महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

3 हप्ता अवधिको उक्त तालिममा 120 जना सशस्त्र प्रहरी सहायक निरीक्षकहरु सहभागी रहेका छन । तालिममा  सशस्त्र प्रहरी बल, नेपालको सेवा सम्बन्धी, हुल तथा दंगा व्यवस्थापन, कार्यालय व्यवस्थापन, सीमा सुरक्षा,  बन्दोबस्ती, कम्प्यूटर, सिग्नल तथा सूचना प्रविधि, मानव अधिकार लगायतका बिषयहरुमा प्रशिक्षार्थीहरुलाई प्रभावकारी रुपमा सैद्धान्तिक तथा ब्यवहारिक प्रशिक्षण प्रदान गरिने छ ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक मनोज थापा लगायत सिनियर अधिकृतहरु, जुनियर अधिकृतहरु तथा बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो । 
APF