काठमाण्डौं, १३ श्रावण ।सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुका लागि संचालित " प्रशिक्षक प्रशिक्षण (राष्ट्रिय अनुसन्धान) तालिम" को एक कार्यक्रमका बिच समापन गर्नु भयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले त्यस अवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थी सहायक सूचक भिम बहादुर खड्कालाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नु भयो । समापनको अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले तालिम संयोजकको भूमिकाका लागि उप-अनुसन्धान अधिकृत निर्देशक विकास पाण्डे लगायत तालिममा खटिएका सम्पूर्ण प्रशिक्षक वर्गलाई धन्यवाद दिदै यस तालिमले प्रशिक्षार्थीहरुमा अनुशासन¸ शारिरीक तथा मानसिक क्षमता एंव पेशागत ज्ञान अभिबृद्धि भएको बताउनु भयो ।साथै सोहि अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले यस्ता प्रकारका तालिमले सशस्त्र प्रहरी बल¸ नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग विच नीतिगत तह तथा कार्यगत तहमा समन्वय र सहकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एंव विशेष ज्ञान¸ सीप विषेशज्ञता आदान-प्रदान भई सांगठनिक सद्भाभावमा समेत अभिबृद्धि हुने उल्लेख गर्नुभयो।
सोहि कार्यक्रमको अवसरमा राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डेले सशस्त्र प्रहरी बल¸ नेपालले स्थापनाको छोटो समयमा संगठन सुदृढिकरणका लागि उदाहरणिय कार्य गरेको सम्वन्धमा प्रकास पार्दै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुलाई सशस्त्र प्रहरी बल¸ नेपालले लामो समय देखि प्रशिक्षण प्रदान गरी क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुर्याएको तथा भविष्यमा समेत यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो । सोहि अवसरमा उप-अनुसन्धान निर्देशक विकास पाण्डेले राष्ट्रिय अनुसन्धान विभागको तर्फबाट कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीलाई मायाको चिनो तथा तालिममा खटिएका प्रशिक्षक वर्गहरुलाई प्रशंसा पत्र समेत प्रदान गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका बरिष्ठ अधिकृत लगायत अन्य अधिकृत तथा जुनियर अधिकृत एंव विल्लादार जवानको समेत उपरस्थिति रहेको थियो ।