Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीबाट राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको लागि संचालन भएको प्रशिक्षक प्रशिक्षण तालिम तथा सहायक सूचक आधारभूत तालिमको प्रथम प्रवचन कार्यक्रम ।

काठमाण्डौं, १९ असार । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले सोही प्रतिष्ठानमा संचालित प्रशिक्षक प्रशिक्षण तालिम तथा सहायक सूचक आधारभूत तालिमको पानसमा दीप प्रज्वलन गरी समुदघाटन गर्नु भयो । प्रशिक्षण प्रतिष्ठानमा संचालित प्रशिक्षक प्रशिक्षण तालिम १५ जना र सहायक सूचक आधारभूत तालिम ७७ जना गरी जम्मा ९२ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । सोहि अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक कालीदास धौवजीले प्रशिक्षार्थीहरुलाई यस प्रतिष्ठानमा स्वागत गर्दै तालिम सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो ।

सम्बोधनकै क्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले तालिमको महत्वमाथि प्रकाश पार्दै तालिम संचालन सम्वन्धमा प्रशिक्षण प्रतिष्ठानको मुल्य, मान्यता एंव नीति तथा तालिममा अनुशासनको महत्व सम्बन्धमा समेत प्रशिक्षार्थीहरुलाई जानकारी गराउनु भयो । ४ हप्ता अवधिको प्रशिक्षक प्रशिक्षण तालिममा प्रशिक्षार्थीहरुलाई शारिरीक तालिम,  बाधापार, कवाज, हतियार हेण्डलिङ्ग आदि बिषयहरुमा प्रशिक्षण गराईने तथा करिव १७ हप्ता अवधिको सहायक सूचक आधारभूत तालिमका प्रशिक्षार्थीहरुलाई शारिरीक तालिम, बाधापार, कवाज, हतियार, बिपद् ब्यवस्थापन, हुल तथा दंगा ब्यवस्थापन, सुरक्षा, ट्याक्टिस, मेडिकल, नक्सा अध्ययन, फिल्ड ईन्जिनियरीङ्ग, ईन्टेलिजेन्स, फायरिङ्ग आदि बिषयहरुमा सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिलाईने व्यहोरा तालिमको कार्ययोजना प्रस्तुत गर्ने क्रममा जानकारी गराईएको थियो । कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका उप- अनुसन्धान निर्देशक बिकास पाण्डे लगाएत प्रशिक्षण प्रतिष्ठानका सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवान तथा उक्त तालिमका प्रशिक्षक प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सशस्त्र प्रहरी निरीक्षक विकास अधिकारीले गर्नु भएको थियो ।

2079-3-21
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीबाट उन्नत तालिमहरुको समुदघाटन तथा राष्ट्रिय अनुसन्धान अधिकृत आधारभूत तालिमका प्रशिक्षार्थीहरुलाई स्वागत कार्यक्रम ।

काठमाण्डौं, १३ असार । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले सोही प्रतिष्ठानमा संचालित सि.सं. १ प्रशासनिक व्यवस्थापन तालिम (सिनियर अधिकृत) तथा सि.सं. २९ गुल्मपति तथा स्टाफ तालिमकोपानसमा दीप प्रज्वलन गरी समुदघाटन गर्नुभयो । प्रशिक्षण प्रतिष्ठानमा संचालित यी तालिमहरुमा स.प्र.ना.उ. तथा स.प्र.नि. दर्जाका कुल ६५ जना अधिकृतहरुको सहभागीता रहेको छ ।सोहि अवसरमा प्रतिष्ठानका कार्यकारी अधिकृत कालीदास धौवजीले तालिममा सहभागी प्रशिक्षार्थी अधिकृतहरुलाई एंवराष्ट्रिय अनुसन्धान विभागबाट यस प्रतिष्ठानमा अनुसन्धान अधिकृत आधारभूत तालिम (सुरक्षा खण्ड) मा सहभागी हुन आएका २२ जना प्रशिक्षार्थीहरुलाई यस प्रतिष्ठानमा स्वागत गर्दै परीक्षाका विभिन्न चरणहरु पार गरी राष्ट्रिय अनुसन्धान विभागमा नवनियुक्त अनुसन्धान अधिकृतहरुलाई बधाई तथा तालिम सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

सम्बोधनकै क्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले तालिमको महत्वमाथि प्रकाश पार्दै तालिम संचालन सम्वन्धमा प्रशिक्षण प्रतिष्ठानको मुल्य, मान्यता एंव नीति तथा तालिममा अनुशासनको महत्व सम्बन्धमा समेत प्रशिक्षार्थीहरुलाई जानकारी गराउनुभयो । ५ हप्ता अवधिको प्रशासनिक व्यवस्थापन तालिममा प्रशिक्षार्थीहरुलाई सशस्त्र प्रहरी बल, नेपालको दैनिक प्रशासनिक काम कारबाहीसंग सम्बन्धित विभिन्‍न सैद्धान्तिक तथा व्यवहारिक बिषयहरुप्रशिक्षण गराईने, १२ हप्ता अवधीको गुल्मपति तथा स्टाफ तालिममा पहिलो चरणमा स्टाफ ड्‍युटिज, अप्रेसन अफ वार, सुरक्षा, माईनर ट्याक्टिस, ईन्टेलिजेन्स, कमाण्ड म्यानेजमेन्ट, नेतृत्व जस्ता बिषयहरु तथा दोस्रो चरणमा काउण्टर ईन्सरजेन्सी, सशस्त्र प्रहरी बल प्याकेज, अपराध नियन्त्रण तथा प्रारम्भिक अपराध अनुसन्धान, बिभिन्न ऐन नियम जस्ता बिषयहरुमा प्रशिक्षण प्रशिक्षार्थी अधिकृतहरुलाई सैद्धान्तिक तथा ब्यवहारिक प्रशिक्षण तथा ६ हप्ता अवधिको अनुसन्धान अधिकृत आधारभूत तालिममा (सुरक्षा खण्ड) कवाज, हतियार तालिम, शारीरिक तालिम तथा विपद् व्यबस्थापन सम्वन्धी विषयहरु प्रशिक्षण गराईने व्यहोरा तालिमको कार्ययोजना प्रस्तुत गर्ने क्रममा जानकारी गराईएको थियो । कार्यक्रममा तालिमका प्रशिक्षक प्रशिक्षार्थीहरु लगायत प्रशिक्षण प्रतिष्ठानका सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सशस्त्र प्रहरी निरीक्षक विकास अधिकारीले गर्नुभएको थियो ।

2079-3-14
APF News
संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालद्धारा
काठमाण्डौं, ०९ असाढ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजित "प्रथम समादेशक कार्यशाला -२०७९" तथा प्रतिष्ठानमा संचालित "सि.सं. ४ ईन्टेलिजेन्स (सिनियर अधिकृत) तालिम"  को एक कार्यक्रमका बिच समापन गर्नु भयो । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले त्यस अवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार तथा सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गर्नु भयो । समापनको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले फौजमा अनुशासनको महत्व बारे प्रकाश पार्नु हुदै तालिमले नै फौजलाई अनुशासनमा बाँधिन मुख्य भुमिका खेल्ने बताउनु भयो ।आजको सुरक्षा चुनौतिमा सशस्त्र प्रहरी बल, नेपालले आफ्नो कार्य सम्पादनलाई उत्कृष्ट तथा प्रभावकारी बनाउन खबर संकलन प्रक्रियालाई अझ मजबुत बनाउने कार्यमा यस तालिमले योगदान दिने चर्चा गर्नु हुदै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले ईन्टेलिजेन्स तालिम सि.सं. ४ का प्रशिक्षार्थीहरुलाई संगठनले प्रदान गर्ने कार्य जिम्मेवारीमा अझ दत्तचित्त भएर लाग्न निर्देशन दिनु भयो ।  साथै सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रतिष्ठानमा आयोजित समादेशक कार्यशाला सशस्त्र प्रहरी बल, नेपालको तालिमको गुणस्तर तथा तालिमको लागि आवश्यक श्रोत साधनको गुणस्तर सुधारको लागि एक सकारात्मक कदम भएको उल्लेख गर्नु हुदै तालिमलाई समय सापेक्ष तथा प्रभावकारी बनाउन प्रतिष्ठानमा मिति २०७९/०३/०७ र ०८ दुई दिन संचालित समादेशक कार्यशाला - २०७९ बाट यथोचित सल्लाह, सुझाव तथा प्रतिवेदन आउने आशा ब्यक्त गर्नु हुदै राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानबाट कार्यशाला आयोजना गर्न निर्वाह गरेको अग्रसरता तथा भुमिका प्रति धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षक नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक लगायत सशस्त्र प्रहरी बल, नेपाल उपत्यका स्थित बरिष्ठ अधिकृत तथा तालिम शिक्षालयका समादेशकहरुको उपस्थिति रहेको थियो । 
2079-3-9
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीबाट सि.सं. १५ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको समुद्‍घाटन ।

काठमाण्डौं, ०७ बैशाख । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीज्यूको प्रमुख आतिथ्यतामा प्रशिक्षण प्रतिष्ठानमा संचालन हुने सि.सं. १५ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको प्रथम प्रवचन कार्यक्रममा पानसमा दीप प्रज्वलन गरी समुद्‍घाटन गर्नुभयो । समुद्‍घाटन कार्यक्रमको क्रममा सम्बोधन गर्दै प्रमुख अतिथिज्यूले भर्ना तथा छनौटका विभिन्न चरणका परीक्षाहरु सफलतापुर्वक पार गरी सशस्त्र प्रहरी बल, नेपालको नवनियुक्त सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरेका सम्पुर्णालाई बधाई ज्ञापन, प्रशिक्षण प्रतिष्ठानमा स्वागत एवम तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो । सम्बोधनकै क्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले आधारभूत तालिमको महत्वमाथि प्रकाश पार्दै सशस्त्र प्रहरी बल, नेपालको विगत तथा वर्तमान अवस्थाका सम्बन्धमा समेत प्रशिक्षार्थीहरुलाई जानकारी गराउनु भयो । ४६ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालको कार्यादेश संग सम्बन्धित विभिन्न सैद्धान्तिक तथा व्यवहारिक बिषयहरुमा प्रशिक्षण दिलाईने व्यहोरा तालिमको कार्ययोजना प्रस्तुत गर्ने क्रममा जानकारी गराईएको थियो । उक्त कार्यक्रममा तालिमका प्रशिक्षक, प्रशिक्षार्थीहरु लगायत प्रशिक्षण प्रतिष्ठानमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सशस्त्र प्रहरी निरीक्षक विकास अधिकारीले गर्नुभएको थियो ।

2079-1-9
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गणपति तालिम र गुल्मपति तथा स्टाफ
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ गणपति तालिम र सि.सं. २४ गुल्मपति तथा स्टाफ तालिमको असोज ३० गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले तालिमका प्रशिक्षकहरुलाई समेत प्रशंसापत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै फौजी संगठनमा यस्ता व्यावसायीक तालिमबाट प्राप्त ज्ञान, कला तथा कौशलले सुरक्षाकर्मीहरुको व्यावसायीक क्षमतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा दायित्व निर्वाहमा सघाउ पुग्ने उल्लेख गर्नुुभयो । उहाँले व्यक्तिगत वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने यस्ता पेशागत तालिमले दक्ष जनशक्ति तयार भई कार्यक्षेत्रमा रहेका चुनौती तथा भोलिका दिनहरुमा आउन सक्ने सुरक्षा चुनौतीहरुलाई समेत परास्त गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नसक्ने कुशल कमाण्डर उत्पादन हुने बिश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सुरक्षा संगठनमा चेन अफ कमाण्ड र टिम स्पिरिटको विशेष महत्व रहने चर्चा गर्नुहुँदै कमाण्डर तहका अधिकृतहरुमा रहेको ज्ञान सिपहरु मातहतका कर्मचारीहरुलाई समेत सिकाउन सकिएमा कार्यक्षेत्रमा खटिँईदा सहज रुपमा कार्यसम्पादन गर्न सकिने तथा राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपद्विपद्मा परेका नागरिकको सहयोगमा प्रभावकारिता आउने बताउनुभयो । दुई महिना अवधिको गणपति तालिममा कूल २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा कूल ३४ जना सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो । गणपति तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक लालबहादुर शाही सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर चन्द उत्कृष्ट ठहरिएका छन् । यसैगरी गुल्मपति तथा स्टाफ तालिममा सशस्त्र प्रहरी निरीक्षक प्रदिप बुढाथोकी सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक मनोज गुरुङ उत्कृष्ट ठहरिएका छन् । उक्त तालिमहरुमा प्रशिक्षणको दौरान विविध विषयका आन्तरिक तथा बाह्य विज्ञ प्रशिक्षकहरुद्वारा समेत सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2077-7-14