National APF Training Academy




  1. नेपाल सरकारको मिति २०६४ साल असोज ३० गतेको निर्णय अनुसार सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा २४० जनाको दरबन्दी स्विकृत भई काठमाण्डौबाट २१ कि.मि. उत्तर नुवाकोट जिल्लाको साबिक ककनी गा.वि.स. वडा नं. ६ मा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको स्थापना भई विभिन्न आधारभूत तथा उन्नत तालिमहरु संचालन गर्दै आइरहेकोमा नेपाल सरकारको मिति २०६४ साल पौष २५ गतेको निर्णयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (कार्यकारी निर्देशक) र नेपाल सरकारको मिति २०६६ साल असोज २१ गतेको निर्णयले सशस्त्र प्रहरी नायव महानिरीक्षक (निर्देशक) रहने गरि २४२ जनाको दरबन्दी स्वीकृत भएको थियो ।
  2. राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान फौजी संगठनको एक प्राज्ञिक थलो भएको र सो का लागि विभिन्न रणनैतिक फौजी अभ्यासहरु संचालन गर्न उपयुक्त इलाका र क्षेत्रफल आवश्यक पर्ने अवस्थालाई दृष्टिगत गरि नेपाल सरकारको मिति २०६७/०९/०६ गतेको निर्णय अनुसार यस प्रतिष्ठान निर्माणका लागि जिल्ला काठमाण्डौ, तत्कालिन मातातिर्थ गा.वि.स. वडा नं. २ र ३ हाल चन्द्रागिरी नगरपालिका - ११ मातातिर्थमा ३१८ रोपनी जग्गा उपलव्ध गराईएको थियो ।
  3. नेपाल सरकार (उप-प्रधानमन्त्रि तथा मन्त्रिस्तर) को मिति २०६८/०८/२२ गतेको निर्णय अनुसार सशस्त्र प्रहरी बलको मौजुदा जनशक्ति बाटै व्यवस्थापन गर्ने गरी साबिक ककनी गा.वि.स. वडा नं. ६ मा यू. एन. शान्ति स्थापना तालिम केन्द्र स्थापना गर्नका लागि स्वीकृति प्राप्त भएको हुँदा मिति २०६८/०९/०२ गते यस प्रतिष्ठान उक्त स्थानबाट जिल्ला काठमाण्डौ, चन्द्रागिरी नगरपालीका -११ मातातिर्थमा स्थानान्तरण भएको थियो ।
  4. नेपाल सरकार (मन्त्रिपरीषद्) को मिति २०७० साल असार ०७ गतेको निर्णय अनुसार यस प्रतिष्ठानको स्तर वृद्धि भई २५० जना दरबन्दि कायम रहेकोमा सशस्त्र प्रहरी नियमावली २०७२ नियम ३ वमोजिम सशस्त्र प्रहरी सेवालाई विशिष्टीकृत गर्ने उद्देश्यले ऐ. नियमावालीको उपनियम ३ वमोजिम गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले सिफारिस गरे अनुरुप विद्यमान एकमुष्ट दरबन्दिबाट सशस्त्र प्रहरी सेवा, साधारण समूह र प्राविधिक समूह अन्तर्गतका उप-समूहहरुमा रहने कार्यालय संरचना, दरबन्दि संख्या र पद नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४/०२/०४ गतेको निर्णयले स्वीकृति भई आए पश्चातको मौजुदा संरचनावाट लेखा उप-समूहमा सशस्त्र प्रहरी निरीक्षक १ र सशस्त्र प्रहरी नायब निरीक्षक १ समूहकृत हुनुका साथै सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक १ को दरबन्दि थप हुन गई कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकज्यूको नेतृत्वमा २५१ जना दरबन्दि कायम भई कार्य संचालन हुदै आइरहेकोमा नेपाल सरकार मजकुर गृह मन्त्रालयको मिति २०७५/०२/२७ गतेको निर्णय अनुसार सशस्त्र प्रहरी बल¸ नेपालको पून:संरचना अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कार्यकारी निर्देशक र सशस्त्र प्रहरी नायब महानिरीक्षक निर्देशक गरि जम्मा १८६ जनाको दरबन्दि कायम भई कार्यालय संचालन भईरहेको छ ।

Address
:   Chandragiri Municipality  Ward No. 8   Matatirtha, Kathmandu
Area:    318 Ropani (61772.96 sq. m.)
Ht. from sea Level:  1680 meter
Temperature :  15 ℃ to 30 ℃ (Summer )

  1℃ to 15 ℃ (Winter )

Distance :   Approx. 10 Km SW from APF HQ

Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links