Academy Goal
(क) सशस्त्र प्रहरी अधिकृतहरुलाई समयानुकुल आधारभूत र सबै किसिमका उन्नत तालिम
प्रदान गर्ने ।
(ख) नेतृत्व, व्यवस्थापन र प्रशासनिक उन्नत तालिम प्रदान गर्ने ।
(ग) गुणात्मक सोध गर्न सक्ने जनशक्तीको विकास गर्ने ।
(घ) व्यक्तित्व विकास, गैारव आदि विषयमा ध्यान दिई जनशक्ती उत्पादन गर्ने ।
(ङ) सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयलाई तालिम र निति निर्माणको क्षेत्रमा सहयोग
र सुझाव दिन सक्ने हिसाबले सक्षम तुल्याउने ।
(च) प्राविधिक र प्राज्ञिक स्तरको तालिम संचालन गर्ने ।
(छ) सबै शिक्षालयहरुमा संचालन भएका तालिमहरुको अनुगमन तथा स्तर चेक परिक्षा लिने ।
(ज) सशस्त्र प्रहरी बल¸ नेपाल खेलकुद तथा शारिरिक सुगठन शिक्षालयमा कार्यरत खेलाडीलाई
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सहभागीताको लागि आवश्यक पहल गर्ने ।
(झ) समायानुकुल तालिम पाठ्यक्रम परिमार्जन गर्न मानवश्रोत विभाग सशस्त्र प्रहरी बल, नेपाल
प्रधान कार्यालयलाई आवश्यक राय सुझाव दिने ।