सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीबाट सि.सं. १५ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको समुद्‍घाटन ।

काठमाण्डौं, ०७ बैशाख । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीज्यूको प्रमुख आतिथ्यतामा प्रशिक्षण प्रतिष्ठानमा संचालन हुने सि.सं. १५ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको प्रथम प्रवचन कार्यक्रममा पानसमा दीप प्रज्वलन गरी समुद्‍घाटन गर्नुभयो । समुद्‍घाटन कार्यक्रमको क्रममा सम्बोधन गर्दै प्रमुख अतिथिज्यूले भर्ना तथा छनौटका विभिन्न चरणका परीक्षाहरु सफलतापुर्वक पार गरी सशस्त्र प्रहरी बल, नेपालको नवनियुक्त सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा सेवा प्रवेश गरेका सम्पुर्णालाई बधाई ज्ञापन, प्रशिक्षण प्रतिष्ठानमा स्वागत एवम तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयो । सम्बोधनकै क्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले आधारभूत तालिमको महत्वमाथि प्रकाश पार्दै सशस्त्र प्रहरी बल, नेपालको विगत तथा वर्तमान अवस्थाका सम्बन्धमा समेत प्रशिक्षार्थीहरुलाई जानकारी गराउनु भयो । ४६ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालको कार्यादेश संग सम्बन्धित विभिन्न सैद्धान्तिक तथा व्यवहारिक बिषयहरुमा प्रशिक्षण दिलाईने व्यहोरा तालिमको कार्ययोजना प्रस्तुत गर्ने क्रममा जानकारी गराईएको थियो । उक्त कार्यक्रममा तालिमका प्रशिक्षक, प्रशिक्षार्थीहरु लगायत प्रशिक्षण प्रतिष्ठानमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सशस्त्र प्रहरी निरीक्षक विकास अधिकारीले गर्नुभएको थियो ।

Updates

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाण्डौमा संचालित UNPOL Certified Instructors Development Course Job-Specific Training (JST) को कार्तिक 02 गते समापन गर्नुभएको छ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६ ‍औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नायारणदत्त पौडेलको प्रमुख आतिथ्यतामा असोज ३० गते विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।

Related Links